काठमाडौं । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा बागबजारले समाजका विभन्न क्षेत्रमा योगदान पुराएका दश जना व्यक्तित्वहरुलाई शनिवार विशेष सम्मान गरेको छ ।
विजया दशमी, शुभदीपावली, छठपर्व– २०७५ तथा नेपाल संवत् ११३९ को अवसरमा बागबजार सिटी स्कायवरमा अयोजित शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रममा समाजको लागि योगदान दिई टोलवासीहरुको मान र इज्जतमा अभिबृद्धि गराएकोमा सो सम्मान प्रदान गरिएको सेवा केन्द्रका अध्यक्ष विपेन्द्र खड्गीले बताए ।
सम्मानति हुनेहरुमा वरिष्ठ गायक तथा संगीतकारको रुपमा ख्याती कमाएका प्रेमध्वज प्रधान, पुर्व वडा अध्यक्ष गणेशबहादुर खड्गी ( प्रजातन्त्र स्थापानमा योगदान), पूर्व वडा अध्यक्ष नजरमान तण्डुकार, चर्चित संगितकार राजु सिंह, पूर्व वडा सचिव रामसुन्दर रायमाझी रहेका छन् ।
त्यसैगरी, स्वंमसेवी रक्तदाता समाजका अध्यक्ष प्रेमसागर कर्मचार्य ( १५५ रक्तदान ), श्रेष्ठ टेलरिङका प्रोपाईटर बाबुकाजी श्रेष्ठ, समाजसेवी दलबहादुर श्रेष्ठ (छिमे), राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा नृत्यकलाको प्रचार प्रसार गरि योगदान दिएका श्याम प्रसाद खड्गी, कृष्ण पुकार श्रेष्ठ (कला क्षेत्रमा योगदान) सम्मानित भएका छन् ।
कार्यक्रममा प्रमुख अतिथी महानगरिय प्रहरी रानीपोखरी बृतका प्रमुख प्रहरी नायव निरिक्षक मनोज नेउपानेले सम्मानित व्यक्तित्वहहरुलाई बधाई दिँदै समाज हितको लागि सबैले आ–आफ्नो क्षेत्रबाट योगदान गर्न आग्रह गरे ।
सो कार्यक्रममा सम्मानित हुने व्यक्तित्वहरुको तर्फबाट पूर्व अध्यक्ष गणेश बहादुर खड्गीले समाजका व्यक्तित्वहरुलाई पहिचान गरि सम्मान गरेकोमा सेवा केन्द्रलाई धन्यावाद ज्ञापन प्रकट गरेका थिए ।
काठमाडौ महानगरपालिका बागबजार २८ का वडा अध्यक्ष भाईराम खड्गीले कार्यक्रममा उपस्थित सबैलाई दशैतिहारको शभुकामना दिए ।
सो सम्मान कार्यक्रममा सभापति तथा सेवा केन्द्रका अध्यक्ष विपेन्द्र खड्गीले समाजका व्यक्तित्वहरुलाई सम्मान गर्न पाउँदा खुसी लागेको र आगामी दिनमा यस कार्यलाई निरन्तरता दिने बताए । साथै उपस्थित सबैलाई दशैैंको शुभकामना समेत दिएका थिए ।
महानगरिय प्रहरी सिंहदरवार बृतका प्रहरी नायव उपरिक्षक काजी कुमार आचार्यले यस क्षेत्रका शान्ति सुरक्षाका विषयमा जानकारी दिएका थिए ।
सो कार्यक्रमा होटल व्यवसायी संघका अध्इक्ष ईन्द्र बहादुर श्रेष्ठ, सामुदायिक क्लिनका अध्यक्ष ऋषीप्रसाद भुषाल, विभिन्न संघ, संस्थाका प्रतिनिधिहरुले अतिथीको आसन ग्रहण गरेका थिए ।
सामुदायिक सेवा केन्द्रका महासचिव कमरुदिन मियाँले सेवा केन्द्रले प्रहरीसँगको सहकार्यका लागु औषध विरुद्ध जनचेतना, ट्राफिक जनचेतना, सुरक्षा सेचतना तथा जन–स्वास्थयका कार्यक्रमहरु संचालन गरिरहेको जानकारी दिनुका साथै कार्यक्रमा उपस्थिती सबैलाई स्वागत गरेका थिए ।

Categorized in समाज