४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

गुर्जा हिमाल आरोहणमा गएका चार नेपालीसहित ८ जनाको मृत्यु


प्रकाशित: शनिवार, २७ असोज २०७५, ०९ः४० बजे
- महानगरखबर


काठमाडौं । म्याग्दीको गुर्जा हिमाल आरोहणमा गएका चार नेपालीसहित ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय म्याग्दीले जनाएको छ । 


जिल्लाको धौलागिरि गाउँपालिका १ मा पर्ने गुर्जा हिमाल आरोहणमा गएकोमा ४ नेपाली र ५ जना कोरियन नगारिक रहेकोमा १ जनाको अवस्था अज्ञात रहेको छ । 


काठमाडौंको प्रोजेक्ट वे नामक ट्रेकिङ एजेन्सीबाट उनीहरु हिमाल चढ्न गएका थिए । 


प्रहरीका अनुसार उनीहरु उनीहरु हिम पहिरो र आँधीमा परेर मृत्यु भएको बताएको छ । घटनास्थल विकट भएकाले उद्धार र खोजी कार्यमा कठिनाई भएको छ ।  


शनिबार बिहान उद्धारको लागि पोखराबाट गएको हेलिकोप्टर पनि अवतरण गर्न नसकेर फर्किएको छ । 


गुर्जा हिमाल चढ्नका लागि आरोहण टोली गुर्जा गाउँबाट २१ गते बेसक्याम्पतर्फ हिँडेको थियो । टोलीमा भरिया गुर्जा गाउँकै बासिन्दा थिए । तर उनीहरु सम्पर्कमा नआएपछि स्थानीयबासी खोजीका लागि शुक्रबार बेसक्याम्प गएका थिए ।


पश्चिम हिमालको नामले समेत चिनिने गुर्जा ६ हजार ४६५ मिटर अग्लो छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex