४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

रौतहटबाट स्वाचालित हतियारसहित ६ जना पक्राउ


प्रकाशित: शुक्रवार, २६ असोज २०७५, १३ः०० बजे
- महानगरखबर

काठमाडौं । प्रहरीले रौतहटको परोह नगरपालिका–८ स्थित सडकबाट १ थान स्वचालित पेस्तोल सहित ६ जनालाई बिहीबार पक्राउ गरेको छ । 


पक्राउ पर्नेमा धनुषा फुलबारी गाउँपालिका–१ बस्ने ३१ वर्षीय रोहित साह, काभ्रे टिमाल बस्ने २५ वर्षीय मनोक तमाङ, भारत बिहार मोतिहारी गोकुल बस्ने २३ वर्षीय कमल साह, भारत बिहार घोडासान श्रीपुर बस्नेहरु ३३ वर्षीय राकेश पासवान, २८ वर्षीय संजिब पासवान र २७ वर्षीय अवधेश कुमार चौरसिया रहेका छन । 


प्रहरीले जाँच गर्ने क्रममा पक्राउ परेका रोहितले १ थान स्वचालित पेस्तोल आफू बसेको नजिक फालेपछि उक्त पेस्तोल तथा उनीहरु सवार ३ वटा मोटरसाइकलसहित प्रहरीले पक्राउ गरेको हो ।


यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex