१४ भाद्र २०८३, आइतबार
Header

एनआरएनको सचिवालय उद्घाटन


प्रकाशित: शुक्रवार, २६ असोज २०७५, ०९ः२० बजे
- महानगरखबर

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआएन)ले निर्माण गरेको सुविधासम्पन्न भवनमा विहिवार एक कार्यक्रमविच सचिवालय उद्घाटन गरेको छ ।

 
एनआएन डेको अवसरमा तत्कालका लागि सचिवालय सञ्चालन गर्नेगरी भवन सञ्चालनमा ल्याइएको एनआरएनले जनाएको छ । 


भवनको औपचारिक उद्घाटन निकट भविष्यमै गरिने समेत जनाएको छ । 


बालुवाटारमा निर्माण गरिएको सुविधासम्पन्न भवन तीन रोपनी क्षेत्रफलमा करीब रु २४ करोडको लागतको निर्माणमा पाँच तले सुविधा सम्पन्न भवन निर्माण गरिएको हो । 


एनआरएनका तत्कालीन अध्यक्ष डा शेष घले र वर्तमान अध्यक्ष भवन भट्टलगायतको सक्रियतामा भवन निर्माणले मूर्तरुप लिएको एनआरएन उपाध्यक्ष एवं भवन निर्माण समितिका संयोजक कुमार पन्तले जानकारी दिए । 


सन २००३ मा एनआरएन स्थापना भएदेखि नै आफ्नै भवन बनाउने अभियानले सार्थकता पाएको छ । 


भवनमा सुविधासम्पन्न कन्फ्रेन्स हल, लाइब्रेरी तथा एनआरएन प्रदेश कार्यालयको सचिवालय राखिने योजना छ । 


अध्यक्ष भट्ट, संरक्षकहरु डा उपेन्द्र महतो, डा घले र जीवा लामिछानेले भवनको सचिवालय उद्घाटन गरी एनआरएनको झण्डोत्तोलन गरेका थिए । 


अर्का संरक्षक डा घलेले भवनलाई भवनको रूपमा सदुपयोग गर्दै एनआरएन ज्ञान र सीप आदनप्रदान तथा देशको आर्थिक विकासमा लगानी प्रवद्र्धन गर्न भवन उपयोगी बन्ने धारणा राखे ।
विश्वका ७९ मुलुकमा फैलिएको एनआरएनमा ७० हजार भन्दा बढी सदस्य रहेका छन । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex