काठमाडौं । बलात्कारको आरोपमा रुकुम पुर्वका पुथाउत्तरगंगा गाउँपालिका ५ का ३० बर्षिय सुविन्द्र धर्ती पक्राउ परेका छन् ।
धर्तीले मुसिकोट नगरपालिकाकी एक महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख सुमित खड्काले बताए ।
घर्तीले पीडित महिलाको एक थान मोबाइल र रु १६ हजार नगदसमेत चोरी गरेको प्रहरीले जनाएको छ ।
निजलाई जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालत रुकुम पश्चिमबाट १५ दिनको म्याद थप गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
Categorized in समाज