२५ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

सुस्ताएको काष्ठमण्डप पुननिर्माण अभियानले गति लिने


प्रकाशित: बुधवार, १९ बैशाख २०७५, १९ः१९ बजे
- जेम्सज्वेलरीखवर

काठमाडौं । सेलाएको काष्ठमण्डप पुननिर्माण अभियानले गति लिने संकेत देखिएको छ । काठमाडौं क्षेत्र नं. ८ का प्रदेशसभा सदस्य राजेश शाक्यको संयोजक्त्वमा ५१ सदस्य काष्ठमण्डप पुननिर्माण समिति गठन भएको छ ।


३ बर्ष अघि आएको विनाशकारी भुकम्पको सिकार बनेको सातौं शताव्दीको काष्ठमण्डप यतिखेर माटोको थुप्रो जस्तो देखिएको छ ।

 
काष्ठमण्डप पुनर्निर्माण अभियान यस अघि  राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, पुरातत्व विभाग, महानगरपालिका र काष्ठमण्डप पुनर्निर्माण अभियानबीच भएको चारपक्षीय सम्झौताअनुसार काम सुरु भएपनि विचैमै बिभिन्न कारणले सुस्तायो । 


काठमाडौ महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले काष्ठमण्डप महानगरले बनाउने प्रतिवद्धता गरेपनि प्रतिवद्धता अनुसार काम नभएछि सरोकारबाला, स्थानीय, पुननिर्माण अभियानकर्ताहरुबिच छलफल पछि प्रदेशसभा सदस्य राजेश शाक्यको संयोजक्त्वमा समिति बनेको हो । 
 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex