अहिले कम्पनीमा आएको १० वटा बसबाटै सेवा सुचारु गर्ने कम्पनीले बताएको छ । ४० वटा वस अर्डर गरेकोमा १० वटा आईपुगेको अब १० वटा बस दशै लगतै आउने कम्पनीको भनाई छ । काठमाडौं । दशैको अवसर पारेर चन्द्रागिरी यातायात सेवा प्रा.लिले असोज २९ गते फुलपातीको अघिल्लो दिनबाट महिलामैत्री बस सेवा सञ्चालनको तयारी गरेको छ ।
फुलपातीको अघिल्लो दिनदेखि २० वटा बसमार्फत सेवा शुभारम्भ गर्न सेवा प्रा.लिले जनाएको छ ।
कम्पनीका अध्यक्ष गौतम श्रेष्ठका अनुसार बसमा महिलालाई ३३ प्रतिशतको आरक्षाण व्यवस्था गरिएको छ । महिलाहरुलाई विशेष प्राथमिकतामा राखेर बस सेवा संचालन गर्न लागिएको हो ।
कम्पनीका अध्यक्ष श्रेष्ठका अनुसार ४० वटा बसहरु आइपुगेपछि तीनवटा रुटमा बसले सेवा दिनेछन । पहिलो रुट नागढुङ्गाबाट कलंकी–बालाजु–बसुन्धरा–टिचिङ–कान्ति–पुतलीसडक–त्रिपुरेश्वर–कालीमाटी–कलंकी हुँदै नागढुङगा फर्किनेछ ।
दोस्रो रुट कलकी–त्रिपुरेश्वर–बानेश्वर–कोटेश्वर–ग्वार्को हुदै कलंकी बाट नागढुङगा फर्कनेछ । यस्तै तेस्रो रुट त्रिपुरेश्वरबाट कुपण्डोल–जावलाखेल–लगनखेल–हुदै कलंकी निस्किएर नागढुङगा फर्कनेछ ।
अहिले ल्याएका २० वटा बस भने बानेश्वर रुटमा संचालन हुने कम्पनीले जनाएको छ ।
कम्पनीले अहिले सञ्चालनमा ल्याउन लागेका बसहरुमा ३६ सिट मध्ये ११ वटा सिट महिलाहरुका लागि छुट्याइएको छ ।
त्यस्तै सुत्केरी र गर्भवती महिलाका लागि विशेष सिटको व्यवस्था समेत गरिएको कम्पनीले जनाएको छ । अन्य सामान्य बसहरुमा जस्तै अशक्त र जेष्ठ नागरिकका लागि दुई(दुईवटा सिटको व्यवस्था गरिएको छ ।
हाल सार्वजनिक यातायातमा महिलाका लागि ४ वटा सिट आरक्षणका रुपमा छुट्याइएको छ ।
बुधवार, २४ असोज २०७५, १९ः०० बजे
Categorized in बजार