४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

एनआरएनएले स्वयम्भूमा एक लाख बत्ति बाल्ने, १० अर्बको कोष संकलन गर्दै


प्रकाशित: बुधवार, २४ असोज २०७५, १७ः२० बजे
- महानगरखबर

काठमाडौं । नेपाल गैरआवासिय संघ (एनआरएन) ले विहिवार गैरआवसीय नेपाली दिवशका अवसरमा स्वम्भूमा एक लाख बत्ती बाल्ने भएको छ । 


एनआरएनका महासचिव बद्री केसीका अनुसार सो अवसरमा विहान ७ बजे स्वम्भूमा बत्ति बालिने, ९ बजे पशुपतिमा पूजा, १ बजे पुस्ताकालय स्थानपनाका लागि नेपाल पत्रकार महासंघसँग सम्झौता गर्ने कार्यक्रम रहेको छ । 


त्यसैगरी दिवसको अवसरमा दिउँसो २ बजे माइतीघर मण्डलामा झण्डोत्तोलन गर्ने कार्यक्रम समेत रहेको जनाएको छ । 


एनआरएनएका अध्यक्ष भवन भट्टले नेपाला लगानीको लागि रु १० अर्बको कोष सङ्कलन गरिरहेको जनाएको छ । उनले कोष निर्माणको प्रक्रियामा चलिरहेको भन्दै भट्टले यसलाई सामूहिक लगानी कोषको रुपमा खडा गर्ने उद्देश्य रहेको बताए । 


कोषमा नेपाल सरकारको ५, एनआरएनएको ५, स्थानीयवासीको ५ तथा ८५ प्रतिशत एनआरएनएको अगुवाइमा सर्वसाधारणको लगानी रहने छ । 


कार्यक्रममा अध्यक्ष भट्टले पछिल्लो समयमा ऐतिहासिक सिन्धुलीगढीको गुरुयोजना निर्माण गरिएको, जनकपुरधामको संरक्षणका लागि परियोजना अगाडि बढेको र काठमाडौँ मुग्लिनको सडक सुरक्षा योजना तयार पारिएको बताए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex