काठमाडौं । कालिमाटी तरकारी बजारमा अत्याधिक अनियमिता देखिएको कृषि तथा पशुपंक्षा विकासमन्त्री चक्रपाणी खनालले बताएका छन् ।
बुधवार पत्रकार सम्मेलनमा उनले कालीमाटी फलफुल तथा तरकारी बजार बन्द गरि अर्को तरकारी बजार बनाउनु पर्ने बताए ।
कृषिमन्त्री खनालले त्यसलाई बन्द गरेर अर्को बजार बनाउने योजनामा आफू रहेको जानकारी दिए ।
कालिमाटी तरकारी बजारमा स्टलको खरिद बिक्री हुने गरेकोप्रति उनले आक्रोश व्यक्ति गरेको छ । यस अघि सो रोक्न मन्त्रालयले ५७ वटा स्टललाई कारबाही गरेको थियो । तर तीमध्ये २५ वटाले अदालत गई खारेजीविरुद्ध अन्तरिम आदेश ल्याइसकेको मन्त्री खनालले बताए ।
यस अवस्था कालीमाटी तरकारी बजारको विकल्प खोज्नु पर्ने मन्त्री खनालले पत्रकार भेटघाटमा बताए ।
Categorized in बजार