काठमाडौं । नेकपा नेता वामदेव गौतमको लागि काठमाडौं क्षेत्र नं. ७ का सभासद रामवीर मानन्धरले राजीनामा दिने घोषणा गरेका छन् ।
मंगलवार काठमाडौंको संवाद चौतारीमा एक पत्रकार सम्मेलन गरी सो घोषणा गरेका हुन ।
नेकपाका गौतमका लागि निर्वाचन क्षेत्र खाली गरिदिन उनले राजीनामा घोषणा गरेका हुन । नेता मानन्धरले बुधबार बस्ने पार्टी सचिवालय बैठकले निर्णय गरेलगत्तै आफूले सांसद पदबाट राजीनामा दिने बताए ।
नेता मानन्धरले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आफैले कुरा गरेर राजनीनामा गर्ने निर्णय गरेको बताए ।
उनले सो पत्रकार सम्मेलनमा देशको लागि नेता वामदेव आवश्यक रहेको बताए ।
सांसद मानन्धरले जनताको अपेक्षाअनुसार विकास गर्नकै लागि नेता गौतमको आवश्यकता पार्टीले महसुस गरेको बताए ।
Categorized in राष्ट्रिय