सुनको सिक्री लुटपाट गरेको अभियोगमा सोलुखुम्बु चौरीखर्क बस्ने २० वर्षीय सनम शेर्पालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-२२ न्युरोडबाट ओमबहाल जाँदै गरेको भक्तपुर ठिमी नगरपालिका-४ बस्ने २३ वर्षीय संजय मानन्धरले घाँटीमा लगाएको अन्दाजी १.५ तोलाको सुनको सिक्री लुटी सुनको सिक्री भाग्ने क्रममा महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरी टोलीले उक्त सिक्री सहित शेर्पालाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Categorized in समाज