काठमाडौं । फेसबुकका संस्थापक मार्क जुकरवर्गले प्रयोगकर्ताले अब आफ्ना पुराना हिस्टÇी ‘क्लियर हिस्टÇी’ टुलबाट हटाउन सक्ने घोषणा गरेका छन् ।
क्यालिफोर्नियामा आयोजित कम्पनीको एफ ८ कार्यक्रमलाई सम्बोधन गर्दै यस फिचर्स घोषणा गरेका हुन । उनेले भनेका छन, “ तपाईले अब यस फिचरको माध्यमबाट कुन लिंकबाट क्लिक गरेको, कुन वेवसाईट भिजिट गरेको सबै जानकारीहरु डिलिट गर्न सकिनेछ ।”
त्यसैगरी फेसबुकमा देखिएको विज्ञापन तथा अन्य टुल्सबाट जुन वेभसाईटहरु देखिन्छ त्यसलाई आफ्नो इच्छा अनुसार सजिलै क्लियर हिस्टÇीको माध्यबाट डिलिट गर्न सकिन्छ । यदि जानकारीहरु सुरक्षित राख्न चाहनुभएमा क्लियर हिस्टÇीलाई टर्नअफ गरेर राख्न सकिन्छ ।
जुकरवर्गले सो कार्यक्रममा फेसबुकले आगामी दिनमा नयाँ फिचर्सहरुको बारेमा घोषणा गरेका छन् । उनले अब फेसबुकम डेटिंग सर्भिस सुरु गर्न लागेको वताएका छन् ।
उनले भनेका छन् “फेसबुकमा अहिले लगभग २ करोड प्रयोगकर्ताहरुले आफ्ना स्टासमा सिंगल लेखेका छन् । अव आउने यस सुविधाले आफ्ना लागि उचित जिवनसाथी खोज्न पाउने छन् ।”
Categorized in प्रबिधि