काठमाडौं महानगरपालिका-६ सरस्वतीनगर डेरा गरी बस्ने ओखलढुंगा ढुङग्रेकी सुमिना खत्रीको कोठाबाट आइतबार कोही नभएको अवस्थामा करीब १ लाख ४८ हजार रुपैयाँ बराबरको सुन र चाँदीका विभिन्न गहनाहरु चोरी भएको छ ।
यसैगरी काठमाडौं महानगरपालिका-९ बत्तिसपुतली डेरा गरी बस्ने सप्तरी राजविराज नगरपालिका-२ की ३५ वर्षीया शान्तिकुमारी देवीको कोठाबाट आइतबार कोही नभएको अवस्थामा सुनका विभिन्न गहना र नगद ९६ हजार समेत गरी करीब १ लाख ९९ हजार ७ सय रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Categorized in समाज