४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

ललितपुर महानगरपालिकाले ‘स्मार्ट’ बत्ति जडान गर्दै


प्रकाशित: सोमबार, २२ असोज २०७५, १९ः०० बजे
- महानगरखबर

काठमाडौ । ललितपुर महानगरपालिकाले अब छिट्टै ललितपुरका सडकलाई झलमल पार्ने भएको छ । 


महानगरपालिकाले सवारी आगमन बढी हुने सडकमा ‘स्मार्ट’ बत्ती जडान गर्ने भएको महानगरपालिका प्रवक्ता राजु महर्जनले जानकारी दिए । 


‘स्मार्ट’ बत्तिको विशेषता भनेको सडकमा गाडी वा यात्रुहरु भएको खण्डमा बल्ने नभए निभ्ने गर्दछ । सडकका दुवैतर्फका खम्बामा बत्ती जडान हुँदैछ । यो बत्ती जडान भएपछि यात्रु वा सवारीको चाप बढ्दा बत्ती धेरै बल्ने र कम हुँदै जाँदा घट्दै जानेछ ।


चार वटा खम्बामध्ये पालैपालो एउटा खम्बामा बत्ती बल्ने महर्जनले बताए । यसले गर्दा सिसिटिभीबाट पनि सडकका दृष्य देखिनेछ । यो बत्ती बल्दा गाडी नम्बर स्पष्टरुपमा देखिने प्रवक्ता महर्जनले बताए । 


सवारीको चाप बढी हुने सडकमा तीन चरणमा गरेर ‘स्मार्ट’ बत्ती जडान गर्न लागिएको महानगरपालिकाले जनाएको छ । पहिलो चरणमा पुल्चोकबाट कुपण्डोलसम्मको सडकमा बत्ती जडान गर्न लागिएको प्रवक्ता महर्जनले जानकारी दिए । 
यस क्षेत्रमा बत्ती जडानका लागि विद्युत प्राधिकरणसँग सम्झौता भएर बोलपत्रसमेत भइसकेको छ । 


महर्जनका अनुसार दशैँअघि नै बत्ती जडान गरिसक्ने लक्ष्य लिएको छ । दशैँअघि बत्ती जडान गर्दा यस क्षेत्रमा सुरक्षा मजबुत हुने महानगरपालिकाले जनाएको छ ।


पहिलो चरणमा पुल्चोकसम्म जडान गर्न सकिएपछि अर्को चरणमा लगनखेलसम्म बत्ती जडान हुने प्रवक्ता महर्जनले बताए । लगनखेलबाट धापाखेल, पाटनढोका, पिम्बहाललगायतका स्थानमा ‘स्मार्ट’ बत्ती जडान गर्दै जाने योजना उनले सुनाए । 


यात्रु र चालकको सहजता र सडक सुरक्षाका हिसावले ‘स्मार्ट’ बत्ती जडानलाई महानगरपालिकाले प्राथमिकतामा राखेको महर्जनले बताए । कुपण्डोलबाट लगनखेलसम्म जिल्लामा सबैभन्दा बढी सवारी चाप रहेको छ ।


मङ्गलबजार, पाटनढोकालगायत पर्यटकको आगमन हुने ठाउँलाई महानगरपालिकाले प्राथमिकता दिएको छ । स्थानीयवासी, यस क्षेत्रमा हिँड्ने यात्रु, चालक र पर्यटक सबैलाई ‘स्मार्ट’ बत्तीले सहज बनाउने महर्जनले बताए ।


रातको समयमा सडक दुर्घटना धेरै हुने भन्दै त्यो कम गर्ने सडक बत्ती जडान गर्न आवश्यक भएको ट्राफिक प्रहरीले बताउँदै आएको थियो । रातका समयमा सडक दुर्घटना र अपराधका घटना दुबै बढी हुने गर्दछ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex