४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

सप्तरीमा एक महिलाले शरिरमा आगो लगाई आत्महत्या गरे


प्रकाशित: सोमबार, २२ असोज २०७५, ०९ः३० बजे
- महानगरखबर

काठमाडौं । सप्तरीको कञ्चनरुप नगरपालिका–२ मा आइतबार स्थानीय अन्दाजी २० वर्षीया रोशनी राउतले घरायसी विवादका कारण आफ्नै शरिरमा आगो लगाई आत्महत्या गरेकी छिन ।

 
गोहाली घर (गाईगोठ) मा गई शरीरमा आगो लगाउँदा उनको मृत्यु भएको प्रहरी उपरीक्षक प्रतीक विष्टले बताए । 


घरमा कोही नभएको बेला मट्टितेल छर्किएर आगो लगाउँदा राउतको स्थानीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 


भारतको बिहारराज्यको सुपौल माइती भएकी रोशनीकी श्रीमान सुनिल राउत विराटनगर–जनकपुर चल्ने बसमा सहचालकको रूपमा काम गर्दै आएको प्रहरीले जनाएको छ । 


सुनिलसँग सामाजिक परम्पराअनुसार ६ महीना अघि रोशनीको विवाह भएको थियो । सो आगलागीबाट करीब रु ७० हजार मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 


घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex