१४ भाद्र २०८३, आइतबार
Header

गृहमन्त्रालयले निर्मला हत्याकाण्ड प्रतिवेदन सार्वजनिक गरयो


प्रकाशित: आईतबार, २१ असोज २०७५, २०ः३० बजे
- महानगरखबर

काठमाडौं । निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा सरकारले गठन गरेको छानविन समितिको प्रतिवेदन आईतबार गृहमन्त्रालयले सार्वजनिक गरेको छ । 


कन्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रतिवेदन सार्वजनिकको माग गर्दै दैनिक जसो नाराजुलुस निस्किरहेको छ । 


गृह मन्त्रालयले ३७ पृष्ठ लामो प्रतिवेदन आइतबार सार्वजनिक गरेको हो । 


सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठित समितिले तयार पारेको प्रतिवेदनमा प्रहरीको गभ्मीर कमजोरी औल्याएको थियो । 


गत साउन १० गते साथीकोमा जाने भन्‍दै निस्किएकी उनी उखुबारीमा मृत अवस्थामा भेटिएपछि कञ्चनपुरमा सुरु भएको आन्दोलनले देशव्यापी लिएको छ । 

 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex