१३ भाद्र २०८३, शनिबार
Header

३३ किलो सुन प्रकरणमा ६ प्रहरी अधिकारी प्रतिवादी एसएसपी दिवेश लोहनी प्रहरी सम्पर्कमा


प्रकाशित: बुधवार, २०७५ बैशाख १९, ११ः५५ बजे । 
- जेम्सज्वेलरीखवर

काठमाडौं । सनम शाक्यको हत्यासँग जोडिएको ३३ किलो सुन तस्करी प्रकरणमा यति ठुलो संख्यामा प्रहरी अधिकारीहरुको संग्लनता सायद पहिलो घट्ना हुन सक्छ । 


छानबिन समितिले एसएसपी लोहनीलाई पनि सोही प्रकरणमा सोधपुछको लागि पत्र काटेपछि हिजो दिउँसो मोरङ प्रहरी कार्यालयको सम्पर्कमा आइपुगेका छन् ।

 
३३ किलो सुन प्रकरणको सत्य—तथ्य छानविनका लागि गृह मन्त्रालयले सहसचिव ईश्वर पौडेलको नेतृत्वको छानवीन समिति गठन भएपछि प्रहरी संग्लनताको पर्दाफास भएको हो । 


मोरङका प्रहरी प्रमुख एसपी अरुणकुमार बीसीका अनुसार बहालवाला र पूर्व गरी ६ प्रहरी अधिकारी पूर्वडीआईजी गोविन्द निरौला, एसपी विकासराज खनाल, डीएसपीद्वय प्रजित केसी, सञ्जय राउत, सई बालकृष्ण सन्जेल र जवान विष्णुबहादुर खड्कालाई संगठित अपराध सम्वन्धी मुद्दा चलाउने तयारी गरेको छ ।


त्यसैगरी विमानस्थलका कर्मचारी लालबहादुर मगर, हेमन्त गौचन, वीरेन्द्रमान श्रेष्ठ, सम्बिर तोलाङ्गे, बालकृष्ण श्रेष्ठ, दोरम खत्री, कपिलराज पुरी, गोपाल श्रेष्ठ, पुण्य लामा, राजन थापा, राजु महर्जन, अमर डंगोल, तुलाराम थारू विरुद्ध 

पनि संगठित अपराधमा मुद्दा दर्ता गरिने तयारी भइरहेको छ भने व्यवसायी महावीर गोल्यान राजेन्द्रमान शाक्य र राप्रपा नेता भुजुङ गुरुङलाई पनि संगठित अपराधमा मुद्दा दर्ता गरिने भएको छ । 


प्रहरीले सनम शाक्य हत्यामा संग्लन भएको आरोपमा मोहन कार्की, एकराज मल्ल, नरेन्द्र कार्की, लाक्पा शेर्पा, माधव भन्ने मोहन घिमिरेलाई प्रतिवादी बनाइएको छ । उनीहरु विरुद्ध कर्तव्य ज्यान र संगठित अपराध सम्वन्धी मुद्दा दर्ता गर्ने गरिने भएको । 
आरोपमा पक्राउ परेका २८ सहित ६२ जनाविरुद्ध जिल्ला अदालत मोरङमा बुधबार मुद्दा दर्ता गराउने भएको हो । 


मुख्य अभियुक्त मोरङका उर्लाबारीका चूडामणि उप्रेती ‘गोरे’ सहित फरार अन्य ३४ जना विरुद्ध पनि मुद्दा दर्ता गरिने प्रहरीले जानकारी दिए ।


त्रिभुवन विमास्थलबाट सेटिंगमा २०७४ माघ ७ गते बाहिरिएको ३३ किलो सुन गायब तस्करीका नाइके चूडामणि उप्रेती ‘गोरे’नेतृत्वको समूहले सनम शाक्यलाई गत फागुन १८ गते हत्या गरेका थिए ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex