२३ आषाढ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

जर्मनीको व्यापारिक समूह ‘बिजनेश क्लब ९९’ लगानी गर्न आग्रह


प्रकाशित: आईतवार, २१ असोज २०७५, १९ः०० बजे
- महानगरखबर

काठमाडौँ । तीन दिने नेपाल भ्रमणमा आएका जर्मनीको कोलोन शहरको व्यपारीक समूह ‘बिजेश क्लब ९९’ का प्रतिनिधिमण्डललाई नेपालमा लगानी गर्न आग्रह गरेको छ । 


नेपाल–जर्मन चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिज (एनजिसिसिआई) र नेपाल पर्यटन बोर्डद्वारा आयोजित कार्यक्रममा सो आग्रह गरिएको हो । 


सो अवसरमा एनजिसिसिआईका पूर्व अध्यक्ष एवं सांसद दिव्यमणि राजभण्डारीले जर्मनीको व्यापारिक समूहको नेपाल भ्रमणले पूर्वाधार र उद्योगका क्षेत्रमा लगानीको नयाँ सम्भावनाको उजागर गरेको बताए । 


गैरआवासीय नेपाली सङ्घका अध्यक्ष भवन भट्टले जर्मनीमा झण्डै आठ हजार गैरआवासीय नेपाली रहेको र उनीहलाई नेपाली लगानी गर्न आव्हान गरेको बताए । 


काठमाडौँस्थित जर्मन दूतावासका विकास सहयोग प्रमुख डा क्लाउडिया हाइपेईले जर्मन सरकारले नेपालमा दशकौँदेखि सूचना प्रविधि, नवीकरणीय ऊर्जा, जलविद्युत, शिक्षालगायतका क्षेत्रमा सहयोग गर्दै आएको र सहयोगका क्षेत्रलाई आगामी दिनमा अझ बढाउँदै लगिनेछ बताए । 


‘बिजिनेश क्लब ९९’ का अध्यक्ष एर्निष्ट भ्लीरले जर्मनीको कोलोन शहरमा हरेक वर्ष मे महिनाको ४ तारिखमा आयोजना गरिने ‘नेपाल दिवस’मा नेपालको सामाजिक–आर्थिक विकासमा गहन छलफल हुने र त्यसकै आधारमा व्यापारिक समूह नेपाल भ्रमणमा आएको जानकारी दिनुभयो । तीनदिने नेपाल भ्रमणमा आएको सो प्रतिनिधिमण्डलमा ३० जना व्यापारी संलग्न छन । 


सो कार्यक्रममा जर्मनीका महावाणिज्यदूत रामप्रताप थापा, एनजिसिसिआईका कार्यवाहक अध्यक्ष अनुपबहादुर मल्ल लगायतले मन्तव्य दिएका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex