काठमाडौं । हैटीमा भूकम्प गएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ ।
स्थानीय समयअनुसार शनिवार बेलुका ५.९ म्याग्नेच्युडको भूकम्प गएको हो ।
क्यारेबियन मुलुक हैटीमा पोर्टडिपाइक्स शहरबाट ११ माइल टाढा केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।
राष्ट्रपति जोभिनल मोइसेले आफ्ना नागरिकलाई धेर्य गर्न आग्रह गरेका छन् । भूकम्पबाट कम्तिमा १० जनाको मृत्यु भएपनि क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको सञ्चारमाध्यमहरुले जनाएको छ ।
यस अघि सन २०१० मा आएको ७.१ म्याग्नेच्युडको भूकम्पले झन्डै तीन लाख मानिसको ज्यान गएको थियो ।
Categorized in अन्तर्राष्ट्रिय