४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

लहानमा शिक्षकले तालाबन्दी गरे


प्रकाशित: आईतबार, २१ असोज २०७५, १०ः३० बजे
- महानगरखबर

काठमाडौं । तलब नपाएको भन्दै सिरहाको लहानस्थित पशुपति उच्च माविमा तालाबन्दी गरेको छ । 


दशैँको मुखमा समेत तलब नपाएको भन्दै शिक्षकले विद्यालयको प्रशासन कोठा, प्रधानाध्यापकको कार्यकक्षमा तालाबन्दी गरेका हुन । 


नियमित पठनपाठन गर्दै आए पनि लामो समयदेखि तलब नपाएकाले विद्यालयमा तालाबन्दी गरिएको शिक्षक रामकुमार साहले जानकारी बताए । 


तलब नपाएसम्म विद्यालयमा तालाबन्दी र पठ्नपाठन नगर्ने शिक्षकहरुले बताएका छन् । 


विद्यालयका प्राध्यनाध्यापक प्रमेश्वर रायका अनुसार आवश्यक सम्पूर्ण प्रक्रिया तयार पारेर लहान नगरपालिकामा बुझाए पनि तलब निकासा नगरेकाले शिक्षकहरुलाई तलब उपलब्ध गराउन नसेको हो ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex