१३ भाद्र २०८३, शनिबार
Header

जापान सरकारद्धारा विद्यालय विकासको लागि ३० करोड ८० लाख अनुदान 


प्रकाशित: शुक्रवार, १९ असोज २०७५, १२ः३० बजे
- महानगरखबर

काठमाडौँ, । जापान सरकारले नेपालको विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडिपी) कार्यान्वयन गर्न ३० करोग ८० लाख रुपियाँ नेपाल सरकारलाई अनुदान स्वरुप उपलब्ध गराउने भएको छ । 


शुक्रवार अर्थमन्त्रालयमा अनुदानसमम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा नेपालका लागि जापानका राजदूत मासामिची साइगोले र मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले हस्ताक्षर गरे । 


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षाको आधारभूत तथा माध्यमिक शिक्षाको कार्यान्वयन गर्ने उक्त कार्यक्रमको उद्देश्य÷गुणस्तरीयता अभिवृद्धि तथा अध्ययन÷अध्यापनको सुधारको लागि सो अनुदान रकम प्रदान गरिएको अर्थमन्त्रालयद्धारा जारी प्रेस विज्ञप्तीमा जनाएको छ । 


सो अवसरमा राजदूत साइगोले शिक्षामा बालबालिकाको पहुँच सुनिश्चित हुनु दिगो विकासका लक्ष्य हासिल गर्ने दिशामा सहयोग पुराउने भएको बताए । 


त्यसैगरी सहसचिव नेपालले नेपालको आर्थिक सामाजिक विकासमा जापानबाट निरन्तर सहयोग प्राप्त भएकामा हार्दिक आभार व्यक्त गरे । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex