१३ भाद्र २०८३, शनिबार
Header

सिंहदरवार दक्षिण गेटमा निर्मलाका निम्ति न्याय अभियान्ताहरुद्धारा धर्ना


प्रकाशित: विहिवार, १८ असोज २०७५, ११ः२० बजे
- महानगरखबर

काठमाडौं । निर्मला पन्तका हत्यारालाई कार्वाहीको माग गर्दै विहिवार सिंहदरवार दक्षिण गेटमा निर्मलाका निम्ति न्याय अभियान्ताहरुले धर्ना दिएका छन् । 


निर्मलाका निम्ति न्यायका अभियन्ताले बिहान ११ बजे निषेधित क्षेत्र घोषणा गरिएको सो ठाउँमा प्रदर्शन र नारावाजी गरिरहेका छन् । 


उनीहरूले गृहमन्त्रीको राजीनामा मागेका छन् ।  साउन ११ गते बलात्कारपछि हत्या गरिएकी पन्तको हत्यारा को हो भन्ने अहिलेसम्म पत्ता लागेको छैन ।


निर्मला हत्या प्रकरणमा छानविन समितिले तयार प्रतिवेदन अहिलेसम्म गुपचुप राखिएको छ भने एसपी विष्टसहित ३ जनाकै रिपोर्ट नमिलेको यस प्रहरीले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex