काठमाडौं । सुनसरीको कोशी गाउँपालिका–८ बाट मदिरको नक्कली बिल बनाई राजश्व छली गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रामधुनी नगरपालिका–५ झुम्काका काशीराम चौधरी र अनिलकुमार चौधरी रहेका छन् ।
उनीहरुले को१च ५०४ नं को बोलेरोमा नक्कली बिल बनाइ मदिरा लिएर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको अवस्थामाबुधबार पक्राउ गरी राजश्व अनुसन्धान कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्र फुँयालले जानकारी दिए ।
गाडीमा उमङ्ग, गोर्खा बियर, रुसलान भोट्कासहित १५ प्रकारका मदिरा रहेको प्रहरीले जनाएको छ ।
Categorized in बजार