काठमाडौं । अनाथ बालवालिकालाई डोटीको सायल गाउँपालिकाले प्रति महिना एक हजार ५०० पढाई खर्च उपलव्ध गराउने भएको छ ।
गाउँपालिका उपाध्यक्ष बिष्ना सिंहका अनुसार गाउँपालिकाभरका अथान बालबालिकाको तथ्याङ्क सङ्कलन सबैलाई पढाउने निर्णय भएको जानकारी दिए ।
गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको छ । सो अनुसार साठी वर्ष पुगेका गैरदलित र ५० वर्ष पूरा भएका दलित एकल पुरुषलाई प्रतिमहिना रु ५०० भत्ता दिने दिइने भएको छ ।
एकल महिला मात्र नभई एकल पुरुषलाई पनि समस्या हुने भएकाले भत्ता उपलब्ध गराउन लागिएको र यस्तो निर्णय गर्ने यो गाउँपालिका पहिलो भएको अध्यक्ष तेजबहादुर डुम्रेलले बताए ।
Categorized in समाज