काठमाडौं । भक्तपुरमा चार लाख बराबरको धनमाल लुटेर भाग्दै गरेको अवस्थामा प्रहरीले एकलाई पक्राउ गरेको छ ।
चागुँनारायण नगरपालिका–८ सुडाल बस्ने ३७ वर्षीय कपिलदेव सुकमनीलाई धनमाल चोरी गरी भाग्दै गरेको अवस्थामा सामान सहित बुधबार प्रहरीले पक्राउ गरेको हो ।
सोही नगरपालिका–९ ताथली बस्ने हिरा बहादुर राउतको घरको मुल ढोकाको ताल्चा र ३ वटा दराज समेत तोडफोड गरी नगद ६५ हजार ७ सय रुपैयाँ र सुनका विभिन्न गहना समेत गरी करीव ४ लाख ८ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत्त जगातीबाट खटिएको प्रहरी टोलीले भाग्दै गरेको अवस्थामा उनलाई उक्त सामान सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
Categorized in समाज