काठमाडौं । बागमती अञ्चलमा बुधवारदेखि नयाँ मोटरसाईकल दर्ता रोकिएको यातायात व्यवस्था विभागले जनाएको छ ।
सरकारी प्रावधान अनुसार दुई डिजीट नम्बरसम्मको मात्र लट नम्बर राखेर मोटसाईकल दर्ता गर्ने कानुनी व्यवस्था छ । हाल बागमती अञ्चलमा ९९ लटसम्म मोटरसाइकल दर्ता भइसकेको छ । १०० को लटमा प्रवेश गर्न कानुन संसोधन गरेर मात्र अघि बढ्न सकिन्छ ।
काठमाडौंमा बा. ९९ प. मा ‘९९९९’सम्म बाइक वितरण भइसकेको छ ।
यातायात व्यवस्था विभागले यस विषयमा सरकारलाई अग्रिम जानकारी गराएको बताएको छ । नियामवलीको संशोधन प्रस्ताव पास भइसेकेकोले मन्त्रिपरिषदबाट पास भएपछि ३ डिजीट नम्बर लागु हुने विभागको भनाई छ ।
Categorized in समाज