२३ आषाढ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

प्राविधिक शिक्षाका लागि कोरियाले ५८ करोड डलर दिने 


प्रकाशित: बुधवार, १७ असोज २०७५, ०८ः०० बजे
- रवि महर्जन

काठमाडौं । कोरिया सरकार र कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)ले नेपालमा युवा र पाका उमेरकाहरूलाई प्राविधिक शिक्षा उपलब्ध गराउनका लागि रु. ५० लाख अमेरिकी डलर (५८ करोड ५० लाख रुपैया) को सहयोग प्रदान गर्ने भएको छ ।


प्राविधिक शिक्षाका माध्यमबाट नेपाली युवा र पाका उमेरका व्यक्तिहरुको रोजगारमा प्रवेशको क्षमता बढाउने मुख्य उद्देश्य रहेको र यसमा महिला सहभागिताका लागि विशेष जोड दिइएको कुरा मंगलवार प्राविधिक प्रशिक्षण प्रतिष्ठानले निकालेको एक विज्ञप्तिमा जनाइएको छ । 


यस परियोजनाको कार्यान्वयन प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) र प्राविधिक प्रशिक्षण प्रतिष्ठान (टिआइटिआई) ले गर्नेछ ।


शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयमा नीति निर्माण गरी परियोजना कार्यान्वयनमा सहयोग पु¥याउनेछ । यसै सन् २०१८ देखि सुरु हुने यस परियोजना २ वर्ष अवधिको हुनेछ ।


टिआइटिआईले नेपाल लगायत एसियाका विभिन्न देशमा प्रशिक्षक, व्यवस्थापकीय र पाठ्यक्रम विकासकर्ताहरुलाई तालिम दिइसकेको बताइएको छ । 

 



 

asteriskhubs
Home Page Bottom Second


maharjan complex