४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

घुस लिएर भन्सारको समान छुटाईदिने भन्ने प्रहरी पक्राउ


प्रकाशित: मंगलबार, १६ असोज २०७५, १८ः४० बजे
- महानगरखबर


काठमाडौं । घुस लिएर भन्सारको समान छुटाईदिने भन्ने प्रहरी हवल्दार पक्राउ परेको छ । 


सर्लाहीको प्रहरी हवल्दार नरुल अन्सारी पक्राउ परेका हुन ।  उनले भन्सारको सामान छुटाइदिने भन्दै ३० हजार घुस लिएको अवस्थामा उनी पक्राउ परेका हुन । 


जिल्ला प्रहरी कार्यालयमा कार्यरत उनले भारतसँगको सीमा बजारबाट सामान ल्याउन बतावारण बनाउन घुस लिएको अवस्थामा पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जानकारी दिएको छ ।


आयोगका अनुसार उनलाई मलंगवा नगरपालिका १० स्थित टावरचोकबाट उनलाई आयोगको बर्दियास कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex