काठमाडौँ । मासु व्यवसायीहरुले सोमबार राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा सरकारले अनुगमनको नाममा मासु व्यवसायीहरुलाई आतंकित पारेको बताएका छन् ।
व्यवसायीहरुले सरकारले अनुगमनको नाममा आफूहरुलाई दुःख दिएको गुनासो गरेको छ ।
काठमाडौँ जिल्ला समन्वय समितिमा पेसा व्यबसाय आबद्ध संघ सस्था प्रतिनिधि बीच ‘स्वच्छ मासु र चाडपर्व’ बिषायक अन्तरक्रिया कार्यक्रममा व्यवसायीहरुले सो कुरा व्यक्त गरेका हुन ।
कार्यक्रममा व्यवसायीहरले सरकारले अरु बेलामा जनतालाई स्वच्छ मासु कसरी उपलव्ध गराउने भन्ने बारेमा कुनै सहकार्य नगर्ने, कुनै अनुगमन पनि नगर्ने तर मुख्य चाडपर्वको अवसरमा भने अनुगमनको नाममा आतंकित पारेर पटक पटक दुःख दिने गरेको आरोप लगाएका छन । जनतालाई स्वस्थकर मासु उपलव्ध गराउन आफुहरु हरदम प्रयास रहदापनि पशुपंक्षी बिकाश मन्त्रालय, वाणिज्य, आपूर्ति मन्त्रालयले कुनै सहयेग सहकार्य नगरेको सुनाएका छन् । साथै उनीहरुले व्यवसायको भविष्य अनिश्चित रहेको संकेत गरेका छन् ।
काठमाडौँ उपत्येका भित्र सरकारले ३० करोडको लगानीमा रहेको ८ वटा वधशाला बालुवामा पानि खनाए सरह कार्यविहीन अवस्थामा रहेको छ । जस्ले गर्दा अव्यबस्थित वधशालामा उत्पादित मासु बजारमा बिक्रीका लागि राखिएका स्वच्छ सफा रहे नरहेकोमा समेत राज्येको ध्यान नगएको देखिएको जनगुनासो रहेको पाइन्छ ।
अन्तरक्रिया कार्यक्रम आयोजक पशु वधशाला व्यवसाय संघ ,चौपाया खरिद बिक्रि सेवा संघ , नेपाल खड्गी सेवा संघ, वंगुर ब्यबसायी संघ नेपाल, राष्ट्रिय कुखुरा विक्री व्यबसायी संघ आवद्ध व्यबसायीले स्वदेसमानै रोजगारीको अवसर हुदाहुँदै पशुपालनमा सरकारले ध्यान नदिँदा बार्षिक छिमेकी देश भारतमा मात्र ८ देखि १२ अर्व बाहिरिने गरेको तथ्यांक रहेको र असमान भन्सार नीति, यातायात, ढुवानीलगाएतका कारण लागत समेतमा महगोमा बिक्रि गनुपर्ने बताए ।
Categorized in बजार