काठमाडौं । काठमाडौं महानगरपालिकाले सोमबार एक सुचना प्रकाशित गरी महानगरपालिका भित्र रहेका केही विभाग र महाशाखा स्थानान्तरण गरेको छ ।
महानगरपालिका नगर कार्यपालिकाको कार्यालयअन्तर्गत हरिभवन सुन्धाराबाट सहरी पूर्वाधार विकास विभाग, राजस्व विभाग, भवन निर्माण इजाजत विभाग, पर्यटन तथा सम्पदा विभाग बवरमहस्थित तत्कालिन आन्तरिक राजस्व कार्यालय, काठमाडौं क्षेत्र नं. २ रहेकोभवनम सरेको छ ।
त्यसैगी सहकारी विभाग, कृषि विभाग, पशु सेवा महाशाखा बिजुली बजार तत्कालीन डिभिजन सहकारी कार्यालय रहेको भवनमा सरेको छ ।
महानगरका विपद व्यवस्थापन विभाग, सूचना प्रविधि विभाग, सार्वजनिक निजी साझेदारी एकाई, सामाजिक विकास विभाग, महिला तथा बालबालिका महाशाखा, सहरी स्वास्थ्य तथा खाद्य पदार्थ गुणस्तर नियमन महाशाखा बबरमहलस्थित जिल्ला समन्वय समितिको कार्यालय रहेको भवनमा सरेको छ ।
त्यसैगरी शिक्षा विभाग ताहाचलस्थित तत्कालीन जिल्ला शिक्षाकार्यालय रहेको भवनमा स्थानान्तरण गरिएको छ भने जिन्सी शाखा राष्ट्रिय सभा गृह, प्रदर्शनीमार्गमा सरेको छ ।
Categorized in समाज