४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

कंलकीमा प्रहरी भन्दै एक लाख ४० हजार लुट्ने पक्राउ


प्रकाशित: मंगलबार, १६ असोज २०७५, ०८ः४० बजे
- महानगरखबर

काठमाडौँ । कंलकीका ३८ बर्षिय उमेशप्रशाद केशरीको कोठामा प्रहरी भन्दै एक लाख ४० हजार लुट्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 


महानगरीय प्रहरी परिसर काठमाडौँले आईतबार काठमाडौँ महानगरपालिका–१३ कालिमाटी बस्ने भारतका १६ वर्षीय श्यामकुमार शाह र सिन्धुपाल्चोकका २० वर्षीय प्रेम श्रेष्ठलाई पक्राउ गरेको हो । 


पक्राउ परेकासहित अरु चार जनाले सो रकम लुटपाट गरेका थिए । अन्य चार जना भने फरार रहेको प्रहरीले जनाएाको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex