काठमाडौँ । सडक डिभिजन कार्यालय काठमाडौले नागढुङगा– पिपलमोड सडकखण्डमा सवारी आवागमन रोक लगाएको छ ।
चाडबाडको समयमा सडक मर्मत तथा सुधार गर्नुपर्ने मंगलवार बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्मका लागि सवारीसाधन आवागमनमा रोक लगाएको हो ।
डिभिजन प्रमुख देवकुमार तामाङका अनुसार असोज २२ गतेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाएर सडक मर्मत गरिने भएको छ ।
उक्त सडक कृष कन्सट्रक्सनले मर्मत तथा सुधार गर्न लागेको हो ।
Categorized in समाज