काठमाडौं । भक्तपुरमा प्रहरीले एक लाख ३० हजार नगदसहित ७ जुवाडे पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त जगातीले भक्तपुर नगरपालिका–३ बाराहीस्थानस्थित दुर्गालाल श्रेष्ठको घरमा डेरा गरी बस्ने भक्तपुर नगरपालिका इताछेका ४४ वर्षीय जीवन शाहीको कोठामा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा र्नेमा जीवन शाही, मदनकुमार राजवंशी, विवेक लामा, विक्रम तामाङ, सन्तोष श्रेष्ठ, बलबहादुर खत्री र सुकराम तामाङ रहेका छन ।
प्रहरीले सातै जनालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।
Categorized in समाज