काठमाडाैं । स्रोत नखुलेको नेपाली नगद १६ लाख २५ हजार रुपैयाँ सहित कतारका नागरिक राहदानी नम्बर ०१४३५८९३ वाहक ३९ वर्षीय MOHAMMED EISA MAAT SAQUTRI लाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कतार एयरको उडानद्वारा दोहा जान लागेको अवस्थामा उनको साथमा रहेको कालो हेन्ड व्यागमा उक्त नेपाली नगद फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Categorized in समाज