११ आषाढ २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

माछापुच्छ्रे बैंकले पशुपतिक्षेत्रमा लकर सञ्चालनमा ल्यायो


प्रकाशित: आईतबार, १४ असोज २०७५, २०ः२५ बजे
- महानगरखबर

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले पशुपतिनाथको दर्शनका लागि आउने दर्शनार्थीहरुको मूल्यवान सामानको सुरक्षाको लागि लकर कक्ष सञ्चालनमा ल्याएको छ । 


बैकले आईतबार आयोजना गरिएको कार्यक्रम पशुपति क्षेत्र विकास कोषका अध्यक्ष एवं माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले गरे ।

 
मन्त्री अधिकारले पशुपति क्षेत्र विकास कोषलाई बैंकले दिएको योगदानको प्रशंसासँगै धन्यवाद ज्ञापन गरे । 


बैंकका अध्यक्ष श्री रोशन के. सी.ले बैंकको अठारौ वार्षिकोत्सवको अवसर पारेर विश्व कै हिन्दूहरुको महान तीर्थस्थल पशुपतिनाथ मा एउटा पुण्यको कार्य गर्न पाउँदा आफु र सम्पूर्ण माछापुच्छ्रे बैंक परिवार गौरवान्वित भएको बताए । 


बैंकले पशुपति मन्दिरमा आउने तिर्थालुजनहरुको सुविधाको लागि लकर घर निर्माण गरी ५१० थान लकरको व्यवस्था गरेको छ ।  उक्त लकर कक्ष सञ्चालनमा आए पश्चात तिर्थालुजनहरुले लकरमा आफ्नो सर–सामानहरु सुरक्षित रुपमा राख्न सक्नेछन ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex