४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

पशुपति क्षेत्रभित्र २ वटा निःशुल्क टेम्पो सेवा सञ्चालनमा 


प्रकाशित: आईतबार, १४ असोज २०७५, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । पशुपति क्षेत्रभित्र बृद्ध तथा अशक्त भक्तजनलाई सेवा पुराउने उद्देश्यले आईतबारदेखि निःशुल्क टेम्पो सेवा सञ्चालनमा ल्याएको छ । 


पर्यटन तथा नागरिक उड्डयान मन्त्री रबीन्द्र अधिकारीले आईतवार निःशुल्क टेम्पो सेवा सञ्चालन सेवाका उद्घाटन गरे । 


लक्ष्मी बैंकको आर्थिक सहयोगमा सञ्चालनमा ल्याएको निःशुल्क सफा टेम्पो पशुपति क्षेत्रमा सञ्चालनका लागि आर्थिक अनुदान दिइएको बैंकका सञ्चालक समितिका सुमिद भट्टराईले जानकारी दिए ।


६ वटा सिट संख्या रहेको सो सफा टेम्पो वृद्ध तथा अशक्त भक्तजनहरूले निःशुल्क प्रयोग गर्न पाउने व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदिप ढकालले बताए । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex