काठमाडौं । निर्मला पन्तका लागि न्याया अभियानले एसपी डिल्लीराज विष्टसहित उनका छोरा किरण विष्ट र मेयरका भतिजा आयुष विष्टको डीएनए रिपोर्ट सार्वजनिक गर्न माग गरिरहेको सञ्चारमाध्यमा उनीहरु ३ जनाको डीएनए रिपोर्ट मेल नखाएको समाचार आएको छ ।
प्रहरीले सञ्चारमाध्यमहरुलाई दिएको जानकारी अनुसार एसपी विष्ट, उनका छोरा किरण र मेयरका भतिजा आयुषको डीएनए मेल नखाएको वताएको छ ।
सरकारलाई चौतर्फी दवाव परेपछि सो हत्याकाण्डमा सलंग्नको आशंकामा उनीहरुको डीएनए परिक्षण गराएको थियो ।
यसअघि मुख्यअभियुक्त भनी पक्राउ गरिएका दीलिपसिंह बिष्टको डिएनए रिपोर्ट नेगेटिभ आएको थियो ।
साउन १० गते साथी रोशनी बमको घर गएकी १३ वर्षीया पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट विहान उखुबारीमा शव भेटिएको थियो । तर, उनको हत्यामा संलग्न व्यक्तिलाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन ।
Categorized in समाज