४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

राष्ट्रकवि घिमिरे काठमाडौ महानगरद्धारा अभिनन्दन


प्रकाशित: शनिवार, १३ असोज २०७५, २०ः२५ बजे
- महानगरखबर

काठमाडौं । काठमाडौ महानगरपालिकाले राष्ट्रकवि माधव प्रसाद घिमिरेलाई शनिवार अभिनन्दन गरेको छ । 


काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले महानगरवासीको तर्फबाट राष्ट्रकवि घिमिरेलाई अभिनन्दन गरेको हो ।  


राष्ट्रकवि घिमिरेको सम्मानमा महानगरले अभिनन्दन पत्र सहित पशुपतिनाथ मन्दिरको स्वरुपको मुर्ति लगायत उपहार प्रदान गरेको थियो ।


भृकुटीमण्डपस्थित राष्ट्रिय सभामा आयोजित कार्यक्रममा महानगरका प्रमुख शाक्यले राष्ट्रकवि घिमिरेले साहित्य सृजनामार्फत समाज जागरणमा पु¥याएको योगदानको प्रशंसा गरे । 


राष्ट्रकवि घिमिरेले सम्मान स्वरुप बाजा गाजा र झाँकी सहित घोडाबग्गीमा राखेर रथारोहण सहित नगर परिक्रमा गराईएको थियो ।


सो कार्यक्रममा प्रधान सेनापति पूर्णचन्द्र थापा, महानगरका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइराला, नायक राजेश हमाल, वडा २६ का अध्यक्ष ख्यामराज तिवारीसहितका पदाधिकारी तथा जनप्रतिनिधि सहभागी थिए ।  घिमिरेलाई वि.स. २०६० सालमा सरकारले राष्ट्रकविको उपाधि प्रदान गरेका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex