काठमाडौं । अध्यक्ष पदको लागि सर्वसम्मत नभएपछि नेपाल ब्रोकर एशोसिएसको शुक्रवार भएको अध्यक्षको निर्वाचनमा भरत रानाभट निर्वाचित भएको छ ।
रानाभाटले २९ मत पाएर विजय भएका थिए भने उनका प्रतिद्वन्द्वी रहेका राजकुमार तिमिल्सिनाले १९ मत पाएका थिए ।
नेपाली कांग्रेस निकट मानिने रानाभाट कोहिनुर इन्भेष्टमेन्ट एण्ड सेक्युरिटीज प्रा.लि.का प्रबन्धक हुन । कोहिनुरले नेपाल धित्तोपत्र बोर्डबाट स्वीकृत प्राप्त स्टक ब्रोकर नम्बर ३५ पाएको छ ।
तिम्लिसिना नेपाल कम्युनिस्ट पार्टी (ने क पा) निकट मनिन्छ ।
अरु पद यस अघिनै सर्वसम्मत चयन भएका छन् । एशोसिएसनको उपाध्यक्षमा टंकप्रसाद गौतम, महासचिवमा धर्मराज सापकोटा, सचिवमा सन्तोष पौडेल र कोषाध्यक्षमा गुणनिधी भुसाल सर्वसम्मत चयन भएका छन ।
त्यसैगरी एशोसिएसनको सदस्यमा संजिला अर्याल,फडिन्द्र ढकाल, सन्दिप चाचान र सुमन गौतम चयन भएका छन ।
Categorized in बजार