काठमाडौं । बीरगञ्ज महानगरपालिकामा एक व्यक्तिमाथि आज(शनिवार) विहान गोली हानी हत्या प्रयास गरेको प्रहरीले जनाएको छ ।
वीरगञ्ज महानगरपालिका वडानम्बर २ भन्सार रोडमा रहेको घरमा सुतिरहेका भारतीय िनगारिक मदनप्रसाद साहलाई लक्षित गरी चार राउण्ड गोली प्रहार भएको थियो तर उनी बाँच्न सफल भएको प्रहरीले बताएको छ ।
प्रहरी अनुसार बिहान दुई बजेतिर अज्ञात व्यक्तिबाट गोली प्रहार भएको हो । साह कोइला सम्बन्धी काम गर्ने नबल इन्टरप्राइजेज वीरगञ्जमा म्यानेजरको रुपमा कार्यरत छन ।
गोली प्रहार गर्नेहरुको पहिचान हुन नसकेको तर घट्नाको अनुसन्धान सुरु गरेको बीरगञ्ज प्रहरीले सञ्चारमाध्यमलाई जानकारी दिएको छ ।
Categorized in समाज