४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

राजधानीको विषयलाई लिएर धनगढीमा प्रदर्शन


प्रकाशित: शुक्रवार, १२ असोज २०७५, १०ः४५ बजे
- महानगरखबर

काठमाडौं । प्रदेश ७ को राजधानी गोदावरीलाई तोकेपछि सो विरुद्धमा शुक्रवार धनगढीमा प्रदर्शन भएको छ । 


प्रदर्शनकारीहरुले धनगढीलाईनै स्थायी राजधानी तोक्न माग गर्दै केही दिन अघिदेखि जारी प्रदर्शन आज पनि गरिएको हो । 


आन्दोलनकारीहरुले अहिले प्रदेश ७ को प्रदेशसभा भवनअगाडि भेला भएर धर्ना दिइरहेका छन । 


आन्दोलनको नेतृत्व धनगढी उपमहानगरपालिका मेयर नृप बडले गरेका छन् । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex