काठमाडौं । नेपाल एसोशिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस ( नाट्टा) पूर्व अध्यक्ष अर्जुन शर्मालाई मातृशोक परेको छ ।
विहिवार राती ८३ बर्षको उमेरमा नर्भिक अस्पतालमा उपचारको क्रममा मृत्युभएको परिवारजनले बताएको छ । उनको पाँच छोरा र दुई छोरी छन ।
नाटाले पूर्व अध्यक्ष शर्माको आमाको निधनप्रति समवेदना प्रकत गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छ । पशुपतिमा शुक्रबार ११ बजे अन्त्येष्टी कार्यक्रममा सहभागी हुन पनि अनुरोध गरेको छ ।
Categorized in समाज