काठमाडौँ । विश्व बैंकले नेपाल सरकारलाई चार सय ७७ वटा पुल निर्माण तथा मर्मत सम्भार गर्न १३ अर्ब ३० करोड ऋण उपलव्ध गराएको छ ।
विश्व बैंकको विहिवार प्रधान कार्यालय वासिङटन डिसीमाभएको बोर्ड बैठकमा नेपाललाई दोस्रो पुल सुधार तथा मर्मतसम्भार परियोजना कार्यान्वयन गर्न उक्त रकम ऋणस्वरुप उपलब्ध गर्ने निर्णय भएको बैंकले जनाएको छ ।
सो रकमबाट ८० वटा दुई लेनका नयाँ पुल र ३५ वटा चार लेनका पुलको मर्मत सम्भारमाका लागि हुने खर्च सडक विभागले सञ्चालन गर्नेछ ।
Categorized in बैंक