काठमाडौँ । बालुवा व्यवसायीसँग रकम असुली गरेको आरोपमा विहिवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी नायव निरिक्षक गोबिन्द खरेललाई पक्राउ गरेको छ ।
आयोगले काठमाडौँको काँडाघारी क्षेत्रमा बालुवा बेचबिखन गर्ने व्यवसायीलाई धम्क्याएर रकम उठाएको अभियोगमा खरेललाई पक्राउ गरेको हो ।
आयोगका प्रवक्ता रामेश्वर दङ्गालका अनुसार व्यवसायीसँग घुस लिएको प्रहरी नायब निरीक्षक खरेललाई पक्राउ गरिएको बताए ।
यस अघि आयोगले गत भदौ ३० गते सोही स्थानबाट १० प्रहरी कर्मचारीलाई पक्राउ गरेको थियो ।
पक्राउ परेका प्रहरी कर्मचारीसँगको बयानका आधारमै खरेललाई पक्राउ गरेको हो ।
Categorized in समाज