काठमाडौँ । सुन्दा पत्यार नलाग्ला तर यो संभव हुने भएको छ । उपत्यकावासीले अबको २ महिनाभित्र बहुप्रतिक्षित मेलम्चीको पानी उपत्यकावासीलाई वितरण गर्ने तयारी भईरहेको छ ।
मेलम्ची खानेपानी आयोजनाका प्रमुख सूर्यराज कँडेलका अनुसार करीब २५ हजार ८०० मिटरमध्ये १५ हजार ३८७ मिटर सुरुङ (टनेल) निर्माण सम्पन्न भएको छ ।
त्यसमध्ये १० हजार ५३३ मिटरको अन्तिम चरणको काम भइरहेको छ । दैनिकरुपमा २०० देखि २५० मिटरको दरले टनेलको काम भइरहेको छ । पानीको सुरुङको काम ३० देखि ४० दिनमा पूरा हुनेछ ।
उपत्यकावासीले साच्चैनै २ महिनापछि मेलम्चीको पानी पाए १८ बर्षपछिको पर्खाई पुरा हुनेछ ।
आयोजना प्रमुख कँडेलका अनुसार पहिलो बर्ष १७ करोड लिटर र तीन बर्षपछि ३४ करोड लिटर पानी उपत्यकामा वितरण गरिनेछ ।
सुन्दरीजलको ट्याङ्कीबाट अन्य स्थानमा रहेका पुरानै ट्याङ्कीमा पानी सङ्कलन गरी घरघरमा वितरण गरिन्छ ।
Categorized in समाज