२४ बैशाख २०८१, सोमबार
Header

डा. केसीद्धारा फेरि अनसन बस्ने चेतावनी


प्रकाशित: विहिवार, ११ असोज २०७५, ०७ः५० बजे
- महानगरखबर

काठमाडौं । बरिष्ठ चिकित्सक डा. गोबिन्द केसीले फेरि अनसन आन्दोलन गर्ने चेतावनी दिएका छन ।


सरकारले यही चालु अधिवेसनबाट चिकित्सा शिक्षा विधेयक पास नगरे अनसनमा बस्ने बुधवार एक प्रेस विज्ञप्ती जारी बताएका हुन । 


विधेयक हाल संसदको शिक्षा तथा स्वास्थ्य समितिमा छलफलका क्रममा छ ।


केही दिन अघि संसदीय समितिको अध्यक्ष जयपरी धर्तीले सो विधेयक पास नहुने अभिव्यक्ति दिएको प्रति डा.केसीले जारी गरेको विज्ञप्तीमा कडा आपत्ति जनाएका छन् । 


जारी विज्ञप्तिमा भनिएको छ, ‘यदि संसदको यही अधिवेशनवाट चिकित्सा शिक्षा ऐन निर्माण गर्ने देखि लिएर सबै सम्झौता कार्यनवन नभए नागरिकका हैसियतमा सुशासनका लागि कुशासन गर्नेहरुलाई जवाफदेहि बनाउने लगायतका माग राखि  १६ औँ सत्याग्रह शुरु गर्न बाध्य हुनेछु भन्ने कुरा जानकारी गराउन चाहान्छु ।’


यस अघि डा. केसीे श्रावण १० गते जुम्लामा अमरण अनसन बस्दा सरकारले वलपूर्वक उनलाई राजधानी ल्याएर उपचार गरेको थियो भने उनले राखेको मागमा समेत सहमति जनाएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD