७ भाद्र २०८३, आइतबार
Header

कीर्तिपुर नगरपालिकाले विविध कार्यक्रमका साथ पर्यटन दिवश मनाउँदै


प्रकाशित: बुधवार, १० असोज २०७५, १४ः०० बजे
- महानगरखबर

काठमाडौं । कीर्ति नगरपालिकाले विहिवार विश्व पर्यटन दिवश – २०१८ विविध कार्यक्रमका साथ मनाउँदै छ ।

 
नगरपालिकाले ‘सांस्कृतिक र प्राकृतिक सम्पदायुक्त, शैक्षिक एंव पर्यटकीय शहर, स्वच्छ, हराभरा, समोवेशी तथा सम्मुनत हाम्रो कीर्तिपुर नगर’ स्लोगन सहित मनाउने भएको छ । 


पर्यटन दिवशको अवसर पारेर नगरपालिकाले सम्पदा यात्रा गराउने भएको छ । सम्पदा यात्राको रुट कीर्तिपुर प्रवेशद्धार, नयाँ बजारबाट सुरु गरी चिलोञ्चो, बाघभैरव मन्दिर उमा महेश्वर तथा बाटोमा पर्ने सम्पदा स्थलहरु र कीर्तिपुर नगरपालिका वडा नं. १ स्थित लायुकुमा समापन गर्ने कार्यक्रम रहेको छ । 


त्यसैगरी, एतिहासिक स्थलहरुमा चित्रकारद्धारा चित्रकला प्रदर्शनी गरिनेछ भने नगरपालिका वडा नं. ३ स्थित ऐतिहासिक पोखरीमा नौका विहार समेत गराईने भएको छ । 


यस बर्षको विश्व पर्यटन दिवशको नारा ‘टुरिज्म एण्ड डिजिटल ट्रान्स्फरमेशन’ रहेको छ । सन् १९७० सेप्टेम्बर २७ मा संयुक्त राष्ट्रसंघीय पर्यटन संगठनको स्थापना भएसँगै मनाउन थालिएको हो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex