काठमाडौँ । दशैँको लागि अग्रिम टिकट बुकिङ मंगलवारदेखि खुलेसँगै यात्रुलाई सुविधाको लागि उपत्यका विभन्न १३ स्थानमा सहायता कक्ष स्थापना गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुको सुविधालाई मध्यनजर गरी उपत्यकाका कलङ्की, स्वयम्भू, नयाँ बसपार्क, सातदोबाटो, गौशाला, चाबहिल, बल्खु, दक्षिणकाली, कोटेश्वर, सुन्धारा, नयाँ बानेश्वर, पुरानो बसपार्क, नागढुङ्गा र जगातीमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले स्थापना गरिएको सहायता कक्षमा अपराध, दुव्र्यवहार, यात्रुले भोग्नुपरेका समस्या राख्न सकिने बताए ।
सो सहायता कक्षमा यात्रुहरुको सुविधाको लागि यातायात व्यवस्था विभागका कर्मचारी, यातायात व्यवसायी संघका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, ट्राफिक प्रहरी र जनपद प्रहरीका कर्मचारीहरु खटिएका छन् ।
उपत्यकाबाट झण्डै २५ लाख मानिस दशैँ मनाउन बाहिरिने गर्दछ ।
Categorized in समाज