४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

विदेश भ्रमण जान आर्थिक हैसियत प्रमाणित गर्नुपर्ने


प्रकाशित: बुधवार, १० असोज २०७५, ०९ः०० बजे
- महानगरखबर

काठमाडौं । विदेश भ्रमण जानको लागि अव स्थानीय निकायबाट आर्थिक हैसियत हैसियत प्रमाणित गर्नुपर्ने भएको छ । 


भिजिट भिषाको व्यापक दुरुपयोग भएको भन्दै अध्यागमन विभागाले गृहमन्त्रालायमा स्वीकृतीको लागि मापदण्ड पठाएको छ । 


सो मापदण्डमा विदेश जानको लागि ‘ विदेश घुम्न सक्ने आर्थिक हैसियत भएको व्यक्ति’ भनेर स्थानीय निकायबाट अनिवार्य सिफारिस चाहिने भएको छ । 


भिजिट भाषाको दुरुपयोग गर्दै मानव तस्करीहरुले फाईदा उठाएकोले सो रोक्न नयाँ मापदण्ड प्रयोग गर्न लागिएको विभागका महानिर्देशक ईश्वराज पौडेलले बताएका छन् । 


त्यसैगरी भिजिट भिषाको लागि १ हजार ५ सय अमेरिकी डलर बोक्नुपर्ने भएको छ । यस अघि ५ सय डलर भए मात्र पुग्थ्यो । साथै होटल बुकिङ तथा कसैले बोलाएर जान लागेको भए सम्बिन्धीत कागजपत्र समेत पेश गर्नु पर्ने हुन्छ । 


नयाँ मापदण्डमा स्नातक उतिर्ण उतिर्णलाई कडा नगरिने उल्लेख गरिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex