४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

निर्मला हत्या प्रकरण ः डिएनए रिपोर्ट तयार


प्रकाशित: बधुवार, १० असोज २०७५, ०७ः३० बजे
- महानगरखबर

काठमाडौं । निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा संलग्नताको आशंकमा निलम्बित एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण बिष्ट र भीमदत नगरपािलका भतिजा आयुष विष्टका डिएनए रिपोर्ट तयार भएको छ । 


राष्ट्रिय विधिविज्ञान प्रयोगशालाले डिएनए रिपोर्ट तयार भएको जनाएको छ । सो डिएन रिपोट आज (बुधवार) जिल्ला प्रहरी कार्यलय कञ्चनपुर लगिने भएका एसपी कुवेर कडायतले बताएको छ । 


निर्मलाको यौनाङमा भेटिएको विर्यका आधारमा सो डिएनए परिक्षण गरिएको समाचार आजको नयाँ पत्रिकामा प्रकाशित भएको छ ।


निर्मलाको घट्नाले देशभरै आन्दोलन चर्किन थालेपछि सरकारले कञ्नपुरका तत्कालिन एसपी विष्टले घट्ना छानविनमा लापरवाही गरेको भन्दै निलम्बित गरेका थिए ।  


कञ्चनपुरका १३ बर्षिया बालिका पन्तको ३ महिना अघि बलात्कारपछि हत्या गरिएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex